धादिङमा जिप दुर्घटना हुँदा १४ जना घाइते, चारको अवस्था गम्भीर

काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका–३ अमराईमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चार जनाको अवस्था गम्भीर छ ।

धादिङबेँसीबाट मैदीतर्फ जाँदै गरेको बा१३च ५२३० नंको बोलेरो जिप दुर्घटना भएको थियो । घाइते सबै एउटै गाउँका भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

यात्रु र सामानले खचाखच भरिएको जिप उकालोमा गुड्न नसक्दा दुर्घटना भएको घाइते यात्रु पौषप्रसाद तिवारीले बताए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते चार जनालाई काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?