हवाई आक्रमणमा तेह्र तालिबान लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीका कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् ।

सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार जानकारी दिएको छ । शाह वालिकोट जिल्लाको मानो क्षेत्रका लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो ।

मङ्गबार राति भएको यस हवाई कारबाहीमा परी १३ तालिबान लडाकू मारिनुको साथै अन्य एक घाइते भएका थिए । तालिबान आतङ्ककारी समूहले यस विषयमा कुनै पनि टिप्पणी गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?