काँग्रेससहित ६ दललाई समानुपातिक सूची सच्याउन पत्राचार

काठमाडौं, १८ पुस । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूचीमा समस्या रहेको भन्दै सच्याएर पठाउन नेपाली काँग्रेससहित ६ वटा दललाई पत्राचार गरेको छ आयोगले प्रदेशसभातर्फ उम्मेदवारको नामावली पठाएका नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई सूची सच्याउन भनेको हो अन्य दलहरुको सूचीमा भने कुनै समस्या नरहेको आयोगको भनाई छ । पत्राचार गरिका दललाई २० गतेभित्र सूची सच्याएर पठाउन भनिएको छ आयोगले यी दलले पठाएको सूचीमा क्रमभंग गरिएको, समावेसी नभएको, महिला हुनुपर्नेमा पुरुष भएको लगायतका समस्या रहेको जनाएको छ आयोगले समावेशी समूह नमिलेको वा आयोगले तोकेको मापदण्डभित्र नपरेमा निर्वाचित नगर्न समेत सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?