काठमाडौं । चलचित्र जाइराले प्रचारको नयाँ उपाय अपनाएको छ ।
नायिका नम्रता श्रेष्ठ र अभिनेता अनुपविक्रम शाही अभिनित ‘जाइरा’को रिभ्यु गर्न सामाजिक सञ्जालमा भाइरल बनेका अघोरी बाबालाई लगाइएपछि यसको चर्चा फरक धारबाट सुरु भएको छ ।
यसलाई कतिपयले त सामान्य रुपमा लिएका छन् तर कतिपयले भने नेपाली फिल्मको विज्ञापन गर्न पनि अब भाइरल विषयवस्तु खोज्नुपर्ने अवस्था आएको हो ? भन्दै मजाक बनाएका छन् ।
भदौ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र जाइरालाई आषुतोष राज श्रेष्ठले निर्देशन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया