सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर चलचित्र निर्माण गर्न आइजीपी खनालको सुझाव

appharu
0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चलचित्र निर्माण गर्दा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल प्रहरीको आयोजनामा बुधबार राजधानीमा आयोजित चलचित्रकर्मीसँगको अन्तक्र्रियामा उहाँले कलाकारिता र लेख रचनामार्फत सोहीअनुरुपको सन्देश जनसमक्ष पु¥याउन चलचित्रकर्मीले साथ दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा चलचित्रकर्मी आकाश अधिकारीले प्रहरीसँग आपसी समन्वय र सहयोग जारी रहने बताउनुभयो ।

अर्का चलचित्रकर्मी नीर शाहले नेपाली चलचित्र उद्योगसँग प्रहरीको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा पारस्परिक सहयोग आदानप्रदान गर्न चलचित्र उद्योग तयार रहेको बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले कार्यक्रममा चलचित्रमा प्रहरीसँग सम्बन्धित भूमिका, कथावस्तुअनुसार चलचित्रमा पक्राउ परेका व्यक्तिउपर कानूनसम्मत एवं मानवोचित व्यवहार, चलचित्र छायाङ्कनपूर्व प्रहरीप्रधान कार्यालयसँग समन्वय जस्ता विषयमा छलफल भएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?