शुक्रबारदेखी ‘गाईजात्रा महोत्सव’

appharu
0
Shares

काठमाडौं । गाईजात्राको अवसरमा साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को आयोजनामा शुक्रबारदेखि ‘गाईजात्रा महोत्सव, २०७६’ सुरु हुने भएको छ।

गाईजात्रा कार्यक्रम साउन ३१ गते शुक्रबार विहान ११ बजे, साउन ३२ गते शनिबार दिउँसो दुई बजे र बेलुकी पाँच बजेदेखि हुनेछ भने भदौ ३ गते बेलुकी पाँच बजे सुरु हुनेछ।

कार्यक्रममा हास्य कलाकारहरु दमन रुपाखेती, प्रभाकरदेव शर्मा, विष्णु सापकोटा, लक्ष्मण गाम्नाङे, कमल गाउँले, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, घनश्याम गौतम, सन्तोष खनाल, पुष्प राज अवस्थी, शशी थापा, राजन थापा र सुशिल निरौला लगायतको प्रस्तुति रहने छ।

गाईजात्रा कार्यक्रमको टिक टदर २००, ३०० र ५०० राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?