सरकारले सार्वजनिक स्थानमा रोक लगाएपछि रक्सी खान टापु निर्माण !

धेरैजसो मानिसहरु नयाँ वर्ष भनेपछि पार्टी आयोजना गर्ने र पार्टी आयोजनाको मतलब रक्सी भन्ने बुझ्छन् । यस्तो अवस्थामा सरकारले नै रक्सी खान प्रतिबन्ध लगायो भने तिनीहरुले के सम्म गर्लान भन्ने प्रश्न उठ्नु स्वभाविकै हो न्युजिल्याण्डका केही मानिसहरुले यस्तै अवस्थामा सबैलाई आश्चर्यमा पारेका छन् । न्युजिल्याण्डको कोरोमण्डल प्रायद्वीपमा नयाँ वर्षका क्रममा सार्वजनिक स्थानमा मदिरा सेवानमा रोक लगाएपछि त्यहाँका केही युवाले नयाँ वर्षको पार्टी पनि मनाउने र कानुन पनि नतोडिने उपाय निकालेका हुन् सरकारी कारबाहीबाट बच्नका लागि सो समूहले स्वेच्छिक रुपमा मदिरा सेवन गर्नकै लागि आफ्नो छुट्टै टापुको निर्माण गरेका छन् आइतबार उनीहरुले ताइरुआ नदीमा पानीको बहाब हल्का भएको समयमा टापु उठाएर एक पिकनिक टेबल र मदिरा चिसो पार्ने कुलर लगाए । यसबाट नै उनीहरु ‘अन्तर्राष्ट्रिय पानी’ क्षेत्रमा पुगे, जहाँ कोरोमण्डलको सो नियम लागु हुँदैन थियो त्यो समूहले पूरै रात आफ्नो टापुमा मदिरा पिएर बिताए र आतिशवाजी हेर्दै नयाँ वर्षलाई स्वागत गरे । यिनीहरुको यो मिनी टापु सोमबारसम्म रह्यो । रक्सीमाथि लगाएको प्रतिबन्धको उल्लंघन गरेमा १ सय ८० डलर जरिवानाको प्रावधान रहेको थियो, तर कोरोमण्डलको प्रशासनले यो घटनालाई मजाकको रुपमा लिएको छ स्थानीय प्रहरी कमाण्डर इन्स्पेक्टर जोन केलीले भने, ‘यो एक रचनात्मक सोच थियो ।’ फेसबुकको एक स्थानीय समूह ताइरुआ चिटच्याटमा टापुको फोटो राखेका डेभिठ सेन्डर्सले भने, ‘न्युजिल्याण्डका केही मानिसहरुले मजा गरेको देख्दा राम्रो लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?