मुक्तिनाथ विकास बैंकले कमायो यति धेरै नाफा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षमा ४६ अर्ब १३ करोड निक्षेप संकलन गरी ३७ अर्ब ९५ करोड कर्जा लगानी गरेको छ ।

यस अवधिमा मुक्तिनाथ विकास बैंकले १ अर्ब २२ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।
बैंकले निक्षेपतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले वृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ० दशमलव ०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रतिशेयर आम्दानी २७ दशमलव ८४ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?