साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिनुभएको छ ।

मन्त्री भट्टराईले दीक्षितको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण पनि गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?