बन्द सडक खुलाउने क्रममा प्रहरी र स्थानीबासीबीच झडप

धुलिखेल, १८ पुस । काभ्रेको धुलिखेल नगरपालिकास्थित पात्लेखेतमा अवरुद्ध सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ सडक खुलाउने क्रममा प्रहरीले ६ सेल अश्रुग्याँस प्रहार गरेको थियो । बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर नमोबुद्ध नगरपालिका १ की फुलमाया तामाङको आइतबार मृत्यु भएको विषयलाई लिएर आफन्त र स्थानीयबासीले मंगलबार विहानदेखि सडक अवरुद्ध पारेका थिए सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच केहिबेर झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्यास प्रयोग गर्नु परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?