प्रधानमन्त्री अस्वस्थ रहेको समाचार निराधार : विष्णु रिमाल

appharu
0
Shares

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका समाचारहरुप्रति उहाँका मुख्य सल्लाहकार विष्णु रिमालले खण्डन गर्नुभएको छ ।

बिहिवार बेलुकीबाट विभिन्न संचार माध्यममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर नरहेको र उहाँलाई फेरि सिंगापुर लग्ने तयारी भइरहेको समाचार आएपछि रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर सोमबार मात्रै स्वदेश फर्कनु भएको थियो । स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको काममा हिडेँकोले धपेडीका कारण प्रधानमन्त्री थकित भएको र बिहिवारको सचिवालय बैठक शुक्रवार बस्ने गरी स्थगित भएको उहाँले स्पष्ट पार्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?