बर्ष खेलाडीमा कसले मार्ला बाजी रोनाल्डो कि मेस्सी ?

एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए) ले बर्ष पुरुष खेलाडीको अन्तिम तीन जनाको नाम सार्वजनीक गरेको छ ।

गत सिजन गरेको प्रर्दशनका आधारमा युईएफएले अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनीक गरेको हो । बर्ष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र भर्जिल भान डाइक परेका छन् ।

युभेन्ट्सबाट रोनाल्डो, बार्सिलोनाबाट मेस्सी र लिभरपुलबाट डाइकले अन्तिम सुचिमा स्थान बनाउँदा लिभरपुलका साडियो माने, मोहम्मद सलाहा भने बाहिरिएका छन् ।

युईएफएले अगष्ट २९ मा एक कार्यक्रमको आयोजना गरेर अवार्ड विजेता खेलाडीको नाम सार्वजनीक गरेको छ ।

युईएफएको गोल अफ दी ईयर जितेका मेस्सीले गत सिजन बार्सिलोनाबाट ५१ गोल गरेका थिए । उनले सिजनको अन्तिममा स्पेनिस लिगको उपाधि जितेका थिए ।

यता युभेन्ट्समा डेब्यु सिजनमा २८ गोल गरेका रोनाल्डोले क्लबलाई लिग उपाधि जिताएका थिए । पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि जिताएका रोनाल्डोले गत सिजन उत्कृष्ट फर्ममा देखिएका थिए ।

यता लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका डाइकले डच टिमलाई नेसन्स लिगको फाईनलसम्म पु¥याएका थिए । उनको क्लब प्रिमियर लिग जित्न १ अंकले पछाडी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?