अपडेट: निसर्त रिहाईको माग गर्दै रविका समर्थकद्वारा प्रहरी कार्यालय घेराउ

काठमाडौं । हिजो साँझ पक्राउ परेका न्यूज २४ का पत्रकार रवि लामिछानेको रिहाईको माग गर्दै उनका समर्थकले जिल्ला प्रशासन कार्यालय चितवन अगाडी नाराबाजी तथा धर्ना दिइरहेका छन् ।

प्रहरी कार्यालय अगाडी ठूलो संख्यामा उपस्थित भएका सर्वसाधारणले उनको निसर्त रिहाईको माग गरेका छन् ।

सिधा कुरा जनतासँग प्रोड्युसर दिपक बोहोराले यो घटनामा राजनीति गरिएको बताए । उनले भने, यदि प्रशासनले पत्र पठाएको भए रवी आफैँ प्रहरीकोमा जान्थे भन्दै प्रोड्युसर बोहोराले प्रहरीको अनुसन्धानको लागि जहिल्यै सघाउने अभिव्यक्ति दिइरहेका लामिछानेलाई कार्यकक्षबाट अपहरण शैलीमा लगेकोप्रति उपस्थित सर्वसाधारणले समेत खेद प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?