काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरि अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको हो ।
पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको भनिएका नेता गौतमलाई उपाध्यक्ष बनाउन ओलीलेनै प्रस्ताव गरेको नेकपा स्रोतले जनाएको छ । नेकपाको बिधानमा उपाध्यक्ष पद नरहे पनि सचिवालयले निर्णय गरेर स्थायी कमिटीमा पठाएको हो ।
गौतमलाई ओलीले कास्की २ को उपचुनावमा उम्मेदवार बन्न समेत ओलीले प्रस्ताव गरेका छन् ।
नेकपा बैठकले अन्य पदाधिकारी समेत सिफारिस गरेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया