कक्षा कोठामै १३ वर्षीया बालिका बलात्कृत: विवाह गर्छु भन्दै बलात्कार गरेका थिए योगेन्द्रले

काठमाडौं । अरुण गाउँपालिकामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कृत बालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको प्रहरीले जनाएको छ । गाउँपालिका वडा नम्बर ४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर विकले १३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

विकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विकले बालिकालाई साउन २८ गते राति ‘विवाह गर्छु’ भन्दै जरायोटारस्थित जनश्रम प्राथामिक विद्यालयमा लगेर बलात्कार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?