‘हिरो नेपाल’को उपाधी विजेतालाई १० लाख

appharu
0
Shares

काठमाडौं । एक्टिभ प्रोडक्सन एण्ड मिडिया प्रालिले ‘हिरो नेपाल’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजक संस्थाकी प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले जुनसुकै उमेर समूहका क्षमतावान र प्रतिभाशाली नेपाल तथा विदेशमा रहेका नेपालीहरुले प्रतियोगितामा भाग लिन पाउने बताउनुभयो।

प्रतियोगितको लागि केहि दिनमै अडिसन शुरु गरिने आयोजकले जानकारी दिएको छ । १२ जना निर्णायक रहने कार्यक्रममा भोटिङ र जजिङ दुबैको आधारमा विजेता घोषणा गरिने छ ।

दुवै आधारमा प्रथम हुनेलाई १० लाख, द्वितिय हुनेलाई ८ लाख र तृतीय हुनेलाई ६ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?