नागरिक सुस्त भए सरकार पनि सुस्त हुन्छ: नेता नेपाल

काठमाडौं | नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकाशको निम्ति सबै एक जुट हुन आह्वान गर्नुभएको छ ।

शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै देश विकाशको लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नु पर्ने बताउनुभएको हो । सानो—ठुलो जस्तो सुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै पुर्व प्रधानमन्त्री नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताउनुभयो । कहिले काही धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठुला ठुला काम बन्न सक्ने विश्वाश व्यक्त गर्नुभयो ।

पुर्व प्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुशन्धान र तयारी बिना आएको भन्दै चिन्ता पनि ब्यक्त गर्नुभयो । बोल्ने क्रममा कुन काम हतारमा आएको भन्ने स्पष्ट नभने पनि काठमाडौँको विकाश निर्माण समयमा सम्पन्न गर्न र धुलो हिलो हटाउन स्थानीय स्तरबाट पनि काम गरिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्रि नेपालले सथानीय जनता ले आफुले गर्न सक्ने काम पनि सरकार औला र गरिदेला भनेर नकुर्न आग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?