पूर्वराजदूत झा हत्या प्रकरणको एक वर्ष, प्रहरीले फेरी पक्रियो सुरक्षागार्डलाई

appharu
0
Shares

गत वर्ष भदौ ४ गते सोमबार बिहान काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा मृत भेटिएका पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा प्रहरीले उनका सुरक्षागार्ड कान्छाराज तामाङलाई फेरी पक्राउ गरेको छ । सर्वसाधारणलाई समेत त्रसित पार्ने हाइप्रोफाइल मर्डर’ केशमा उनी दोस्रोपटक पक्राउ परेका हुन् । तामाङविरुद्ध झा पत्नीले काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
उनलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले लोकपथसँग बताउनुभयो ।
८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली र अर्का एक जनालाई पक्राउ गरेको थियो । अनुसन्धानमा बलियो सबुत हात पर्न नसकेको बताएको प्रहरीले मृतक झा कि श्रीमतीले दिएको किटानी जाहेरीको आधारमा एक वर्षपछि राजदुत झा का सुरक्षागार्ड ४८ वर्षीय कान्छाराज तामाङलाई पुन पक्रेको हो । एक वर्षसम्मको प्रहरी अनुसन्धान र उहाँको श्रीमतीको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौाका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले लोकपथलाई बताउनुभयो । उहाँले थप अनुसन्धानको लागि अदालतबाट ५ दिनको म्याद थप गरिएको जानकारी दिनुभयो ।
तर, यसअघि उनीहरुविरुद्ध प्रमाण फेला नपरेको भन्दै प्रहरीले छोडेको थियो । यद्यपि, सुरक्षागार्डको पोलिग्राफ परीक्षणमा उनले झुठो बोलेको देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?