काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको वरियता टुंगो लागेको छ ।
नेकपा सचिवालयको आइतवार साँझ बसेको बैठकले दुई अध्यक्षहरु पछिको दोश्रो वरियतामा वरिष्ठ नेता झलनाथ खनाल रहने निर्णय गरेको छ ।
बैठकले वरिष्ठ नेता माधव नेपाललाई बरिष्ठ नेता खनाल पछिको वरियतामा राख्ने निर्णय गरेको छ ।
पछिल्लो समय नेकपाको वरियतामा झलनाथ खनालले आफूलाई तल पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
सचिवालयको बैठक पछि जानकारी दिदै नेकपा प्रचार बिभाग प्रमुख नारायण काजी श्रेष्ठले नेताहरुको वरियता संगै सागठानिक एकताका बाँकी बिशेष क्षेत्र र जवार्गीय संगठनका इन्चार्ज तोक्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्जमा माधव ढुंगेल, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ, पेशागत महासंघको इन्चार्जमा केशव नेपाल, उद्योगी व्यवसायी विशेष कमिटीको इन्चाजर्मा पार्वत गुरुङ, केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । आजको बैठकले इन्चार्ज सँगै विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरू पनि तोकेको छ ।
बैठकले यस अघि किसान संगठनको अध्यक्ष तोकिएका नेता बामदेब गौतम संगठन बिभाग प्रमुख बने पछि अध्यक्षको जिम्मेवारी हेरफेर गरेको छ । बैठकले किसान संगठनको अध्यक्षको जिम्मेवारी हरि प्रसाद पराजुलीलाई दिने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया