झापामा असोज दोस्रो साता ‘झापा स्पोर्टस् अवार्ड’

काठमाडौं । असोज दोस्रो साता ‘तेस्रो झापा स्पोर्टस् अवार्ड’ हुने भएको छ ।

नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाको आयोजनामा उक्त स्पोर्टस् अवार्ड गर्न लागिएको हो ।

अवार्ड सम्पन्न गर्र्न बुद्ध तामाङलाई संयोजक र सचिन सुब्बालाई सहसंयोजकको जिम्मेवारी दिइएको मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो । मञ्चले दुई वर्षयता स्पोर्टस् अवार्ड गर्दै आएको छ ।

कार्यक्रममा वर्ष खेलाडी पुरुषलाई एक थान मोटरसाइकल, वर्ष खेलाडी महिलालाई एक थान स्कुटर तथा वर्ष खेलाडी युवा, उत्कृष्ट वर्ष प्रशिक्षक र पिपुल्स च्वाइसअन्तर्गत एउटा खेलाडीलाई जनही २५ हजार पुरस्कार प्रदान गरिने छ ।

यस्तै लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जनालाई ३५ हजार प्रदान गरिने अध्यक्ष खरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?