विप्लव समूहद्वारा मन्दिरको जग्गा कब्जा, लगाए यस्तो नारा

काठमाडौं । प्रतिबन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानमा ६ रोपनी जग्गा कब्जा गरेको छ । छत्रेश्वरी गाउँपालिका-६, लान्तीमा रहेको खैरावाङ मन्दिरको ६ रोपनी जग्गा कब्जा गरेको हो ।

विप्लवको ‘जिल्ला जनपरिषद्’ सल्यानले जग्गामा झण्डा गाडेको छ भने कालो ब्यानरसमेत टाँगेको छ ।

‘परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भूमाफिया हाम्रो निशानी, जनयुद्धको क्रममा कब्जा गरिएका सबै जग्गा पुनस् जनपरिषद् नेपालले आजको मितिदेखि आफ्नो नियन्त्रणमा लिएको जानकारी गराउँदछौँ’ ब्यानरमा लेखिएको छ।

जग्गालाई वार्षिक १३ हजार भाडा तिरेर एक व्यक्तिले खेतीपाती गर्दै आएको खैरावाङ मन्दिर समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?