सरकारविरुद्ध कांग्रेसको यस्तो ‘प्लान’,रुपन्देही पुगेर देउवाले दिए ‘क्लू’

appharu
7
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्र विरोधी भएको आरोप लगाउनुभएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज (सोमबार) रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा सभापति देउवाले अहिले सरकारले जनताका अधिकारहरु खोसेकाले सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले ल्याएका मानवअधिकार आयोग, मिडिया काउन्सिल लगायतका विधेयकको विरोध समेत गर्नुभयो । सरकारले मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्ने खोजेको भन्दै सभापति देउवाले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताउनुभयो ।

कांग्रेसले सरकारका प्रजातन्त्रविरोधी कदमहरुको विरोधमा संसदमा संघर्ष गरिरहेको तर, कुनै पनि बेला सडक आन्दोलनमा आउनुपर्ने अवस्था रहेको पार्टी सभापति देउवाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?