अरुण खोलाको डाइभर्सन बगेपछि पूर्व–पश्चिम राजमार्ग हिजोदेखि अवरुद्ध

काठमाडौं । नवलपुर (नवलपरासी पूर्व)को मध्यविन्दु नगरपालिका स्थित अरुण खोलाको डाइभर्सन बगेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि पूर्व–पश्चिम जाने सयौं यात्रु अरुणखोला बजारमै अलपत्र परेका छन् ।

केही दिनअघि बाढीले पुल भत्किएपछि डाइभर्सन गरी सवारी सञ्चालनमा ल्याइए पनि हिजो आइतबार साँझ आएको बाढीले पुनः डाइभर्सन बगाएको थियो । डाइभर्सनबाटै सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहेपनि निरन्तरको पानीका कारण खोलाको बाढी नघटेकोले सम्भव नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन पोखरेलले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेसः

वलपरासीको भत्किएको पुल सात दिनभित्रै बन्छ : मन्त्री महासेठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?