फिल्महललाई मनोरञ्जन कर तिर्न महानगरको १५ दिनको अल्टिमेटम

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । काठमाण्डौं महानगरपालिकाले मनोरञ्जन कर तिर्न फिल्म हलहरुलाई १५ दिने अल्टिमेटम दिएको छ ।

काठमाडौंमा सञ्चालित अधिकांश फिल्म हलहरुले शुल्कबापतको कर नतिरेको भन्दै महानगरले १५ दिनको अल्टिमेटम दिएको हो ।

महानगरको राजस्व वभिागका प्रमुख नुरनिधि न्यौपानेले भदौ १७ गतेसम्मको समय दिएर सम्पर्कमा आउन हलहरुलाई सूचना जारी गरेको जानकारी दिनुभयोे ।

काठमाडौं महानगरभित्र भएका ४२ वटा सिनेमाघर मध्ये गएको बर्ष (आर्थिक वर्ष २०७५/०७६) मा ४ वटा हलले मात्र कर तिरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको आर्थिक वर्ष ४ वटा हलबाट मनोरञ्जन वापतको शुल्क १९ लाख रुपैयाँ संकलन भएको थियो ।

प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम हलहरुले टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?