किन ‘नोट अफ डिसेन्ट’ लेख्दैछन् माधव नेपाल ?

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने भएका छन्।

स्रोतका अनुसार उनले आइतबार राति सकिएको सचिवालय बैठकले गरेका केही निर्णयमा नोट अफ डिसेन्ट लेख्न खोजेका थिए। तर, विविध कारणले पाएनन्। बैठकमा सहभागी भएका एक सचिवालय सदस्यका अनुसार नेता नेपालको लिखित असहमति आएमा महासचिव विष्णु पौडेलले माइन्युटमा चढाउने छन्। स्रोतका अनुसार उनले नीतिगत विषय नमिलेको भन्दै असहमती लेख्न लागेका हुन्।

नेता नेपालले वरिष्ठ नेता झलनाथ खनालको वरीयता स्वीकार्न आफू तयारी रहे पनि पाटीभित्र नीतिगत विषय नमिलेकोमा असहमति जनाएका छन्। नवौँ महाधिवेशनदेखि नै खनाल वरिष्ठ नेता रहेकोले नेता नेपालले वरिष्ठ नेता खनालको वरीयता कठिन परिस्थितीमा स्वीकार गरेका छन्।नागरिक दैनिकमा खबर छ ।

तत्कालनि नेकपा एमालेका उपाध्यक्षहरु भिम रावल, अष्टलक्ष्मी शाक्य,र युवराज ज्ञवालीलाई सचिवालय सदस्यको रूपमा नराखेकोमा नेता नेपालको असहमति छ।

तत्कालिन उपाध्यक्षको हैसियताअनुसार इश्वर पोखेरल भन्दा उनीहरु पार्टी वारीयतामा माथि रहँदा पनि सचिवालय सदस्यमा नराखेको प्रति नेपालले बैठकमै अपत्ति जनाएको स्रोतले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?