विकासमा जनताको चासो, गाउँलेद्वारा ४७ लाख ऋण काढेर सडक निर्माण

माग्दी । म्याग्दीको मंगला गाउँपालिकाका–२ का गाउँलेहरुले ऋण काढेर ९ किलोमिटर सडक निर्माण गरेका छन् । गाउँपालिकाको वडा नम्बर २ का हिदीवासीले करिब ४७ लाख ऋण काढेर सडक निर्माण गरेका हुन् । म्याग्दीको बाबियाचौर सल्यान–भरजुला हुँदै हिदी पुग्ने कृषि सडकको योजना बनेपनि आफ्नो गाउँलाई सडकले नछुने भएपछि हिदीबासीले जिविस र साविक गाविसमा निरन्तर दबाब दिएका थिए । तर, दुवै निकायबाट उनीहरुको माग सुनुवाई नभएपछि गाउँलेहरु आफैं मिलेर सडक निर्माणमा जुटेका हुन् ।

गाउँका एक सय ३० घरधुरीलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी ४ भागमा विभाजन गरि क भागमा पर्ने घरधुरीलाई १० हजार, खमा पर्नेलाई ८ हजार ‘ग’ मा पर्नेलाई ६ हजार र ‘घ’ मा पर्नेलाई ४ हजारका दरले रकम जम्मा गरेर गाउँ सम्म सडक निर्माण गरेका हुन् । यस्तै, सडक निर्माणका लागि विदेशमा गएकाहरुको घरबाट प्रतिघर १० हजारको दरले पैसा उठाएका छन् ।

तर, हाल आएर उनिहरु ऋणमा डुबेपछि कतिपयको घरमा झै–झगडा समेत हुने गरेको स्थानीयको भनाई छ । स्थानीय सरकारसँग पर्याप्त बजेट नभएपछि गाउँलेहरुको ऋण तिर्न समस्या भएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?