सिंहदरबारमा मृत भेटिएका केसीको साथमा सुसाइड नोट, श्रीमतीलाई यस्तो लेखे !

काठमाडौं । सिंहदरबारभित्रै मृत भेटिएका राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसीले आत्महत्या गरेको पाइएको छ । प्रहरीले उनको सुसाइड नोट भेट्टाएको छ ।

सुसाइड नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन् । उनले आफुले कसैका कारण आत्महत्या नगरेको बताएका छन् । पत्रकार वा अन्यलाई अर्को अर्थ नलगाउन समेत आग्रह गरेका छन् ।

घटनास्थलमा पुगेका सिन अफ क्राइम अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन् । यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ ।

उनको शव भेटिएको ठाउँ नजिकै एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ । औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?