विद्यार्थीहरुका लागि खुसीको खबर: रोजगारी तथा इन्टनशिप यस्तो अवसर

काठमाडौं । विश्व विद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्टले विभिन्न कम्पनीहरुसँग विद्यार्थीहरुका लागि रोजगारी तथा इन्टनशिप सम्बन्धि सम्झौता गरेको छ ।

स्कुल अफ मेनेजमेन्टले ललितपुरमा एक विशेष कार्यक्रम गर्दै विभिन्न ५२ कम्पनिहरुसँग सहकार्य सम्झौता गरेको हो । स्कुल अफ मेनेजमेन्टले विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई ब्यबस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।

कलेजले सन् २०११ साल देखि यो प्रकारको कार्यक्रम सुरु गरेको बताएको छ । कार्यक्रममा सहभागी कम्पनीहरुले विद्यार्थीहरुको अन्तवार्ता लिने र आफुले खोजेको जस्तो विद्यार्थीहरुलाई छनौट गरेका छन् ।

पछिल्लो समय बैदेशिक रोजगारीमा जाने युवाहरुको सख्या बढ्दै गए पछि देशमा केहि गर्न सकिन्छ भन्ने बिषयलाई यसप्रकारको अवशरले गुणस्तरीय युवा पलायन रोक्न सहयोग पुग्ने देखिन्छ । कार्यक्रममा १ सय ७० विद्यार्थीहरुले सभागिता जनाएका छन् ।

कलेजको अध्ययन पछि रोजगारीको चिन्ता नहुने र भविष्य पनि सुनिश्चित गर्न सकिने भएकोले यस्तो कार्यक्रममा विद्यार्थीहरुको सभागिता हरेक वर्ष बढ्दौ गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?