बालुवाटारमा सुरू भयो सर्वदलीय बैठक, माधव नेपाल बाहेक सबै शीर्ष नेता सहभागी

काठमाडौं । सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । संसदमा विचाराधीन अवस्थामा रहेका विभिन्न विधेयकको टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बैठक सुरु भएको हो । बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, बिश्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ सहभागी छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट भने सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी छन् ।

यस्तै, समाजवादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र्र यादव सहभागी छन् भने राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागीछन् ।

बैठकमा नेकपाका नेता माधवकुमार नेपाल भने सहभागी हुनुभएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?