प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेर फर्किए नेताहरु

appharu
0
Shares

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरुबीचको सर्वदलीय बैठक मंगलबार बसेको बैठक बसेको छ । बैठकमा सबैबीच मन माझामाझबाहेक केही हुन सकेन ।

बैठकको सुरुमै प्रधानमन्त्रीकेपी शर्मा ओलीले गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार भइरहेको भन्दै त्यसविरुद्ध राजनीतिक दलहरु एकतावद्ध हुनुपर्नेमा जोड दिएका थिए ।
उनले लामो समयसम्म एउटै उद्देश्यका लागि संघर्ष गरिएको भएपनि पछिल्लो समय बिग्रह उत्पन्न भएको भन्दै अब दूरी कम गर्ने र सहमति तथा समझदारीलाई निरन्तरता दिइनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा सहभागी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले विगतमा विस्थापित भएका शक्तिबाटै प्राप्त उपलब्धि उल्ट्याउन चलखेल हुन सक्ने भन्दै प्रधानमन्त्रीले दलहरुलाई सचेत गराएको बताए । पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउने गरी विभिन्न चलखेल गरिरहेको दाबीसहित बैठकमा गम्भीर छलफल भएको बताइएको छ ।
यद्यपि पूर्वराजासहितका विगतमा विस्थापित भएका शक्तिहरुबाट चलखेलको प्रयासभएपनि प्रतिगमन कुनैपनि हालतमा हुन नसक्ने श्रेष्ठले बताए । यद्यपि परिवर्तनका लागि लडेका दलहरुबीच एकता भइ सचेत रहिरहनुपर्ने आवश्यकता रहेकोमा जोड दिइएको उनको भनाई छ ।
बैठकमा देशमा हिंसात्मक गतिविधि नहुनका लागि पनि दलहरु एकतावद्ध हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । यो मुद्दामा सरकार र नेकपालाई काँग्रेसको सहयोग रहने पनि देउवाले बताए ।
यस्तै शान्ति प्रक्रियाका बाँकी काम पूरा गरिनुपर्ने, संविधान र कानुन विपरित गतिविधिलाई समाधान गरिनुपर्ने र आवश्यक परे वार्तामार्फत विप्लव लगायतका समस्या समाधान गरिनुपर्नेमा पनि नेताहरुबीच विचार विमर्श भएको बताइएको छ ।
सो क्रममा प्रमले आफ्नो स्वास्थ्यका बारे पनि जानकारी गराएका थिए ।
उनले बाहिर आएजस्तो आफ्नो स्वास्थ्यमा केही नभएको तर चिकित्सकको सल्लाहअनुसार फलोअपका लागि बिहीबार सिंगापुर जान लागेको जानकारी गराएका थिए । बैठकमा सहभागी नेताहरुले प्रमको स्वास्थ्य लाभको कामना समेत गरेका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?