कपिलवस्तुमा तिनछठ्ठी पर्व मनाईदैं, कस्तो पर्व हो यो ?

कपिलवस्तु । कपिलवस्तुमा बुधबार तिनछठ्ठी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । आज बिहानै देखी कुश र महुवाको रुखको पात लिनका लागि तिलौराकोटमा भिड लागेको छ । जिल्लाको सदरमुकाम तौलिहवा स्थित मुल नहरको छेउमा, जिल्ला प्रहरी कार्यालयको अगाडी र आर्मी क्याम्पभित्र महिलाहरुले कुसको पातमा गाँठो पारी पुजाआजा गरी छोराको दिर्घायु र स्वास्थ्य लाभको कामना गरेका छन् ।

हिन्दु धर्म अनुसार महिलाहरु नयाँ लुगा लगाई दिनभरी भोकै बसी छोराको जीवन रक्षा तथा लामो आयुका लागी परासको पात, महुवाको पात, महुवा, दही राखी पुजा गर्ने परम्परा रहेका छ । यस्तै, कुसमा ५ वटा गाँठ पारी पुजाआज गरी एकै ठाउँमा भेलभई गीत गाउने तथा कथा प्रवचन गर्ने चलन अनुसार तीनछठ्ठी पर्व मनाएका हुन् ।

प्रशोधित सामाग्री प्रयोग नभएका प्राकृतिक फलफुल र पकवानहरु दही, महुवा, साग र तिन्नीको चामलको भात लगायतका सामाग्री र फलफुलको प्रसाद को रुपमा ग्रहण गर्ने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?