रवी लामिछानेपत्नी निकिताले दिएको जाहेरी प्रहरीले लिन मानेन

काठमाडौं । रवी लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता अस्वीकार गरेको छ ।

प्रहरीले घटना, भिडियो, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले उतै जान सुझाव दिएको छ ।

घटनाको छानबिन चितवनबाट भइरहेकोले जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भन्दै प्रहरीले निकितालाई चितवन जान सुखाव दिएका हुन् ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो कीर्ते गरेको आरोपमा निकिता चितवन प्रहरी प्रमुख दान बहादुर मल्ल, जन आस्थाका सम्पादक किशोर श्रेष्ठ, नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध किटानी जाहेरी जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुग्नुभएको थियो ।

पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?