प्रधानमन्त्री ओलीसँग भारतीय विदेश मन्त्री जयशंकरको शिष्टाचार भेटवार्ता

appharu
0
Shares

काठमाण्डौ । भारतीय विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाण्डौँ आउनुभएका भारतीय विदेश मन्त्री जयंशकरले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नु भएको हो ।

भेटका क्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत उपस्थित हुनुहुन्थ्यो ।

विदेश मन्त्री जयशंकरको सम्मानमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बुधबार साँझ रात्रीभोजको आयोजना गर्नुभएको हो ।

उहाँले पर्सि शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?