राष्ट्रिय जनमोर्चा पार्टीको निश्कर्ष: राजतन्त्र पुनःस्थापना हुने खतरा बढ्यो

लोकपथ संवाददाता
0
Shares
Rastriya Janamorcha Chairman Chitra Bahadur KC speaks at an interaction in Kathmandu, on Friday, August 5, 2016. Photo: Reporters’ Club

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले २०६२/०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गुम्ने खतरा उत्पन्न भएको निश्कर्ष निकालेको छ । उसले जनआन्दोलनका प्रमुख उपलब्धी गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको औंल्याएको हो ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पार्टीको साउन ३१ र ३२ गते बसेको केन्द्रिय कार्यसमिति बैठकले देशको राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक स्थितिकोबारेमा मूल्यांकन गरेकोबारे निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमार्फत वर्तमान सरकारप्रतिको असन्तोषका कारण पनि गणतन्त्रप्रति विरोध बढेर जाने सम्भावना औंल्याईएको हो ।

पार्टीले जारी गरेको विज्ञप्तीमा पूर्वराजा, राजावादी र नेपाली कांग्रेसका नेताहरुले समेत धर्म्निरपेक्षताको विरोध गरेको कुरा उल्लेख गरिएको । विज्ञप्तीमा भनिएको छ,‘यदि धर्म्निरपेक्षता समाप्त भयो भने नेपाल हिन्दूराष्ट्र घोषणा हुनेछ र त्यस आधारमा राजतन्त्र पुनःस्थापना हुन सक्ने खतरा छ । तर, जनताको संगठित आवाजबाट प्रतिगमन दोहोरिन नदिन हामी प्रतिबद्ध छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?