नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले वर्तमान ब्यवस्था कमजोर गराउनेमा सरकारकै भूमिका रहेको बताएका छन् ।
नेता पौडेलले फेसबुक स्टाट्समार्फत यस्तो बताएका हुन्न्।पौडेलले फेसबुक स्टाट्समा लेखेका छन् -“प्रधानमन्त्रीले ‘व्यवस्था बिरोधीहरू सक्रिय छन्’ भन्नुभयो । यदि त्यस्तो हो भने व्यवस्था बलियो बनाउने शक्ति तपाईँसँगै छ । भ्रष्टाचार शून्य अवस्था, सुशासन, निष्पक्ष र पारदर्शिता कायम राख्ने विधिको शासन, विकास र समृद्धिको बाटोमा देशलाई अगाडि लैजाने विश्वस्त आधार सहित आमजनमानसमा नयाँ आशा सञ्चार गराउनुहोस् । हाम्रो पूर्ण साथ रहन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया