काँक्रो, गुलाबजल र कागतीको रसःत्वचाको कालोपन हटाउन काँक्रो, गुलाबजल र कागतीको रस मिलाएर अनुहारमा लगाउने र १० मिनेट पछि सफा पानीले धुने गरेमा अनुहारमा चमक पैदा हुनुका साथै कालोपन हट्छ कागतीको रस, दही र गोलभेँडा :कागतीको रस, दही र गोलभेँडामा रंग बदल्ने गुण हुन्छ । कागतीले अनुहारको दाग हटाउन मद्दत गर्छ । गोलभेँडाले त्वचाको तैलीयपनको कम गर्छ र दहीले त्वचामा पोषण दिनुका साथै नरम बनाउँछ । त्यसैले गोलभेँडाको गुदी एक चम्चा, कागतीको रस एक चम्चा र एक चम्चा दही लिनुहोस् र अनुहारमा लगाउनुहोस् । आधाघण्टा पछि पानीले धुने गरेमा यसले अनुहारमा चमक पैदा हुनुका साथै गोरोपन ल्याउन मद्दत गर्छ चंदनको पाउडर र नरिवलको पानी :चंदनको पाउडरले त्वचालाई सफा बनाउँछ र त्वचाको दाग मेटाउन मद्दत गर्छ । यसले मृत कोशिकाहरु हटाउँछ । त्यसैले एक चम्चा चंदन पाउडर नरिवलको पानीमा मिलाएर त्वचामा लगाउनुहोस् र २० मिनेट पछि सफा पानीले धुने गर्नाले फाइदा हुन्छ मेवा र मह :मेवामा हुने इम्जाइम्सका कारण यसले त्वचाको कालोपन हटाउन मद्दत गर्छ । साथै यसले अनुहारको दाग हटाउन पनि मद्दत गर्छ । महले त्वचालाई नरम र मुलायम बनाउँछ । त्यसैले यसलाई मिलाएर त्वचामा लगाउनाले त्वचामा गोरोपन आउनुका साथै त्वचाको कालोपन हट्दै जान्छ र केही दिनमा तपाइँले अनुहारमा सुन्दरता पाउनुहुनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया