भारतीय विदेशमन्त्री स्वेदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता हुनुभएको छ ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आउनुभएका विदेशमन्त्री जयशंकर आज स्वदेश फिर्ता हुनुभएको हो ।

नेपालमा रहँदा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायतका विभिन्न दलका नेताहरुसँग भेटावार्ता गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?