‘गौरापर्वले राष्ट्रिय एकतालाई सुदृढ पार्न सहयोग पु-याएको छ’ : राष्ट्रपति भण्डारी

appharu
0
Shares

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु-याउँदै आएको बताउनुभएको छ ।

गौरापर्वको शुभकामना सन्देश दिँदै उहाँले हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको उल्लेख गर्दै यस्ता लोक परम्परा एवं सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु-याउँदै आएको बताउनुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमङ्ग जागृत गर्न सहयोग पु¥याउने विश्वास लिएको छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?