आम आद्मी पार्टीद्वारा राज्यसभामा तीन उम्मेदवार घोषणा

नयाँ दिल्ली, १९ पुस । दिल्लीको सत्तारुढ आम आद्मी पार्टीले राज्यसभाका लागि आफ्ना तीन उम्मेदवरको नाम घोषणा गरेको छ पार्टीले राज्यसभाका लागि सञ्जय सिंह, नारायण दास गुप्ता र सुशील गुप्तालाई चयन गरेको हो । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले पत्रकार सम्मेलनमा तीन उम्मेदवारको नाम घोषणा गरेका हुन् दिल्लीमा आम आद्मी पार्टीको ७० मध्ये ६७ सिट रहेको छ । त्यसकारण पनि यी तिनै जना उम्मेदवार निर्वाचित हुने निश्चित छ सो पार्टीले आफ्ना संस्थापक सदस्य कुमार विश्वासलाई भने राज्यसभामा नपठाउने निर्णय गरेको छ पत्रकार सम्मेलनका क्रममा मनिष सिसोदियासँग पत्रकारले यति धेरै चर्चाका बाबजुद कुन आधारमा कुमार विश्वासलाई राज्यसभा नपठाउने निर्णय गरेको हो ? भनेर सोधेको प्रश्नको उत्तरमा उनले भने, ‘चर्चा त तपाईहरुले गरिरहनु भएको छ, कुन आधारमा चर्चा गर्नु भएको थियो ?निर्णयपछि पत्रकारसँग कुराकानी गर्दै विश्वासले राज्यसभाका लागि उम्मेदवार चयन भएका तीनै जनालाई बधाई दिएका छन् । राज्य सभामा दिल्लीका तीन सिट रहेका छन् । जसका लागि १६ जनवरीमा निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?