तात्दै एनआरएन माहौल: एनआरएनका महासचिव डा. बद्री केसीद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

appharu
0
Shares


काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन)का महासचिव डा बद्री केसीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका गर्र्नुभएको छ ।
२००३ देखि २००७ सम्म एनआरएन आईसीसी रुसको साधारण सदस्य र त्यसपछि २००७ देखि ००९ सम्म आईसीसी रुसको महासचिव भएर काम गर्नुभएका उहाँले आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको एनआरएनको नवौं विश्वसम्मेलनमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । उहाँ २००९ देखि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) प्रवेश गर्नुभएको थियो । २००९–२०११, २००११–२०१३ गरी दुई कार्यकाल आईसीसी सदस्य हुनुभएका उहाँ २०१३–२०१५ मा कोषाध्यक्ष, २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव हुनभएको थियो ।

हाल उहाँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को नीति निर्माण समिति कार्यदलको संयोजक समेत हुनुहुन्छ । यस्तै उज्यालो नेपाल, आर्थिक सुदृढता कार्यदल, राष्ट्रिय उत्पादन प्रवर्दन समिति लगायतमा रहेर काम गरेको उहाँसँगै अनुभव छ ।
अमृत साइन्स कलेज अस्कलबाट १९९० मा आईएस्सी गर्नुभएका उहाँले १९९६ मा बायो टेक्नोलोजीमा रुसको मस्कोबाट इन्जिनियरिङ गरेका हुन् । त्यसपछि बायो टेक्नोलोजीमै मस्कोबाट २००१ मा पिएचडी समेत गरेका उनले २००९ मा मस्को स्टेट यूनिभर्सिटीबाट ईएमबीए पनि गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?