नेकपा नेताको घरमा विप्लव समूहले बम पड्काएको खुलासा

appharu
0
Shares

बुटवल –जिल्ला प्रहरी कार्यालय रुपन्देहीले असार ३१ गते प्रदेश पाँचका नेकपा प्रमुख सचेतक भूमिस्वर ढकालको घरमा घरमामा बम विष्फोटन गराएको अभियोगमा ३ जना पक्राउ गरेको छ । उनीहरु सबै विप्लवका कार्यकर्ता रहेको खुलेपछि घटनामा सोही समूहको संलग्नता रहेको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक न.पा.११ बस्ने ५० बर्ष का बिक्रम यादव, रुपन्देही गैडहवा गा.पा.६ बस्ने ४३ बर्षका रुदल यादव र अर्का एक जना रहेको जानकारी दिए । छन् ।

उनीहरुले साउन ३१ गते राती रुपन्देही सैनामैना नगरपालिका ८ शान्ति टोल बस्ने ५ नं. प्रदेशका प्रदेश सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ नं. प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकालको घर र पार्किङ गरी राखेको लु १ झ ४५६ नं. को सवारी साधनमा आगजनी गरेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?