सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौती छः रक्षामन्त्री पोखरेल

काठमाडौं । रक्षामन्त्री तथा नेकपा नेता ईश्वर पोखरेलले गलत चिन्तनको कारण सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौती रहेको बताउनुभएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश ३ सरकारद्वारा निर्मित ‘लम्टाङ्गिन टुसाल पार्क’ उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले सार्वजनिक सम्पत्ति कब्जा गर्न पाए मजा मान्ने चिन्तन र प्रवृत्ति आफूहरुभित्रै रहेको बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी समेत पाउनुभएका पोखरेलले सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्नेजस्ता गतल चिन्तन र प्रवृत्तिहरु समस्या निम्त्याएको स्पषट पार्नुभया ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माणको कामले गति लिएको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?