चर्चित कलाकारहरुद्वारा रवि लामिछानेलाई रिहाई गर्नुपर्ने माग

काठमाडौं । चर्चित कलाकारहरुले शालिकराम मृत्यु प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेको रिहाईको माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका हुन् ।

हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने रिहाई हुन् कामना गर्नुभएको छ । उहाँले भन्नुभयो ‘रविले भोगेको जस्तो पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ । आत्महत्या गर्नेप्रति मेरो समवेदना छ । चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाई यही पीडाबाट गुज्रिनुपर्यो । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु । संसार एउटा महाभारत हो । हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । अन्याय हुन्छ भने कानूनको ढोका ढक्ढकाउनुपर्छ । जीवनको नाम संघर्ष हो ।’

अर्का कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने बताउनुभयो । उहाँले पछिल्लो समय मानवता खत्तम भएको र सत्य हराएको बताउनुभयो ।
अर्का कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?