यू–१९ क्रिकेट टिम आज श्रीलंका जाँदै, मार्ला त बाजी ?

काठमाडाैं । एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली आज (शनिबार) श्रीलंका प्रस्थान गर्दैछ । श्रीलंकामा अर्को साताबाट सुरु हुने प्रतियोगिताका लागि नेपाली टोली आज आज अपरान्ह पौने ४ बजे श्रीलंका प्रस्थान गर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम म्यानेजर रमण सिवाकोटीले जानकारी दिनुभयो ।

भदौ १९ देखि सुरु हुने प्रतियोगिताका लागि नेपालले अस्ति बिहिबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ’बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

नेपाली टिम :

रोहित कुमार पौडेल (कप्तान)

रित गौतम

पवन सर्राफ

मोहमद आसिफ शेख

सन्दीप जोरा

भिम सार्की

कुशल मल्ल

रशिद खान

कमल सिंह ऐरी

सागर ढकाल

हरि बहादुर चौहान

प्रतिष जिसी

खडक बोहरा

लोकेश बम

सुर्य तामाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?