इबोलाका कारण १ हजार ९ सय ६५ जनाको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा कम्तिमा एक हजार ९ सय ६५ जनाको मृत्यु भएको जनाएको छ । डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको जानकारी दिनुभयो । उहाँले पछिल्ला दुई तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको पनि बताउनुभएको छ ।

डब्लुएचओले इबोलासँग जुध्न ६ सय ७० जनाभन्दा बढी कर्मचारी कंगोमा खटाएको छ ।
पछिल्लो समय कंगोको उत्तरी शहर मम्बासामा यो रोग देखिएकाले सबैलाई चिन्तित बनाएको डब्लुएचओले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?