रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै प्रदर्शन (फोटोसहित)

appharu
0
Shares
तस्वीरः गुगल

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेका समर्थकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा नाम मुछिएपछि पक्राउ परेका रविलाई रिहा गर्न माग गर्दै प्रदर्शन भएको हो । चितवनमा ९ दिनदेखि हिरासतमा रहेका रवि निर्दोष रहेको दाबी गर्दै उहाँका समर्थकहरुले अहिले माइतीघरमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा हजारौँको सहभागिता रहेको छ । प्रदर्शनकारीहरुले ‘ह्यास्ट्र्याक आई एम विथ रवि लामिछाने’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा नाम मुछिएका रविसहित, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी हाल अनुसन्धान गरिरहेको छ । उनिहरुको अनुसन्धानका लागि अदालतले दिएको १० दिनको समय भोलि सोमबार सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?