के कारणले भयो भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन ?

काठमाडौं । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको आज दिउँसो निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको हो । भारतीय लोकसभाका सांसाद समेत रहेका जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ श्वास–प्रश्वास सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गर्नुभएको थियो । तर, उहाँले स्वास्थ्य अवस्था कमजोर भएको भन्दै कुनै जिम्मेवारी नलिने प्रतिक्रिया दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?