मिस टिन २०१९ को उपाधि सोलुखुम्बुकी प्रतिभालाई

appharu
0
Shares

काठमाण्डौं । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ७ देउसाकी प्रतिभा राई (रानी)ले मिस टिन २०१९ को उपाधि जित्नुभएको छ ।

काठमान्डौको जमल स्थीत राष्ट्रिय नाचघरमा आयोजना गरिएको प्रतिस्पधार्मा अन्य ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधी उचाल्न सफल हुनुभएको हो ।

तस्विर प्रतिभाका बुवा रामसंघर्षको फेसबुकबाट

शनिबार सम्पन्न प्रतियोगीताबाट राईले उपाधी जित्दै ताज पहिरिन सफल भएको उहाँका बुबा रामसंघर्ष किराँतीले जानकारी दिनुभयो । फाइनल चरणमा रहेका सात जना मध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको समेत उपाधी उनी प्रतिभाले पाएको आयोजकले जनाएको छ ।

तस्विर प्रतिभाका बुवा रामसंघर्षको फेसबुकबाट

सल्लेरीको एक निजि विद्यालयमा एसइइ उत्तीर्ण गरेकी राई काठमान्डौको ग्रामर कलेज कोटेश्वरमा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । राईले उपाधी जितेसगंगै सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद दिनुभएको छ ।

तस्विर प्रतिभाका बुवा रामसंघर्षको फेसबुकबाट

रिबन इन्टरटेन्टमेन्टद्वारा आयोजीत उक्त प्रतियोगीतामा सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै सहभागीता जनाएको बताउँने राईले आफ्नो रुची मात्र नभई गाउँठाउँको समेत पहिचान जोगाउँन लाग्ने प्रतिक्रिया दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?