काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ ।
स्वास्थ्यमा समस्या देखिए पछि प्रधानमन्त्री केपी ओली उपचारका क्रममा सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रधानमन्त्रीका नीजि चिकित्सक डा. दिव्यासिंह शाहले उहाँको स्वास्थ्य सामान्य अवस्थामा रहेको बताउनुभएको हो ।
शाहले प्रधानमन्त्रीको उपचारको क्रममा ‘प्लाज़्मा फेरेसिस’ प्रक्रिया गत शुक्रबारबाट थालिएको बताउनुभएको छ । प्रधानमन्त्रीको उपचार सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।
उपचार प्रक्रिया अरू केही पटक गरिने शाहले बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया