फेसबुकमार्फत सीडीओलाई गाली गर्ने पक्राउ

काठमाडौं । प्रमुख जिल्ला अधिकारी(सीडीओ)लाई गाली गर्ने एक जना पक्राउ परेका छन् । पर्साका सीडीओ नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जाललार्फत गाली गलौज गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्ता रहेका छन् ।

गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत सीडीओ भट्टराईलाई गाली गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?